बेइजिङ । कोरोना भाइरसको संकटबाट जुधिरहेको चीनको युन्नान प्रान्तमा एक व्यक्तिको हन्ता भाइरसको कारण मृत्यू भएको छ । पीडित व्यक्ति कामको लागि बसबाट शाडोङ्ग प्रान्त फर्किरहेका थिए । उनमा हन्ता भाइरस पोजिटिभ देखिएको थियो ।
उनीसँगै बसमा सवार ३२ जनाको पनि स्वास्थ्य जाँच गरिएको छ । चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्समा प्रकाशित खबरले यसबारे समाचार प्रकाशन गरेपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।
ठूलो संख्यामा मानिसहरुले ट्वीट गर्दै हन्ता भाइरस पनि कोरोनाजस्तै प्रकोपको रुपमा अगाडि बढ्न सक्ने चिन्ता व्यक्त गर्न थालेका छन् । भारतमा हन्ता भाइरस ट्वीटरमा ट्रेन्डिङ पहिलो नम्बरमा पुगेको छ ।
हन्ता भाइरस मुसाबाट सर्ने जीवाणु हो । मुसालाई राम्रोसँग नपकाई खाँदा हन्ता भाइरसको संक्रमण हुन्छ ।
के हो हन्ता भाइरस ?
विशेषज्ञहरुका अनुसार कोरोना भायरसजस्तै हन्ता भाइरस घातक भने छैन । कोरोनाभन्दा विपरित हावामार्फत् फैलँदैन ।
यो मुसा वा लोखर्केको सम्पर्कमा आउने मानिसमा फैलन्छ । तर यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यदि कोही व्यक्ति मुसाको दिसा, पिसाब आदिलाई छुन्छ र आफ्नो आँखा, नाक र मुख छुन्छ भने उसमा हन्ता भाइरसको सम्भावना बढ्छ ।
यो भाइरस संक्रमण हुँदा मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, पेट दुख्ने, उल्टी हुने, झाडा पखाला लाग्ने जस्ता लक्षण देखिन्छ ।
यदि समयमै उपचार नपाएमा हन्ता भाइरस संक्रमित मानिसको मृत्यू पनि हुनसक्छ । हन्ता भाइरस संक्रमणबाट मृत्यू हुने दर ३८ प्रतिशत रहेको छ ।
सम्बन्धित खबर
पूर्वमन्त्री जोशीले पाए सबै कैद छुट, अब जेलमा बस्न नपर्ने
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
संसद बैठकमा खाली कुर्सी देखिन थालेपछि सांसदहरूको हाजिरी हेर्दै रास्वपा
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
गगन थापा भन्छन्- सरकारका मन्त्रीहरू ‘छोटे राजा’को शैलीमा देखिन थाले
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ