तनहुँमा लकडाउन उल्लङ्घन गर्ने ५५ मोटरसाइकल सहित ७६ सवारी प्रहरी नियन्त्रणमा

तनहुँमा लकडाउन उल्लङ्घन गर्ने ५५ मोटरसाइकल सहित ७६ सवारी प्रहरी नियन्त्रणमा

LockDown Day3

तनहुँ । सरकारले घोषणा गरेको लकडाउनलाई उल्लङ्घन गरी निर्वाद रुपमा सञ्चालन गरेका सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।

गत मंगलबारबाट लागू हुनेगरी सरकारले घोषणा गरेको लकडाउनको तेस्रो दिन बुधबार जिल्लाका बिभिन्न स्थानबाट ७६ सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ५५ वटा मोटरसाइकल, २० वटा स्कुटर र एउटा कार जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणलिएको हो ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन प्रतिवन्ध लगाउँदै देशभर ‘लकडाउन’ गरेको छ । ‘लकडाउन’ उल्लंघन गरेर निस्किएकाले नियन्त्रणमा लिइएको तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले जानकारी दिए ।

पहिलो दिन मंगलबार ८२ वटा, दोस्रो दिन १ सय ७० वटा सवारी प्रहरीले नियन्त्रणमा थियो ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र लिएका अत्यावश्यक सवारी साधनबाहेकलाई सञ्चालनमा रोक लगाइएको छ । अधिकांश मानिसहरु घरभित्रै बसेका छन् ।

सरकारले कडाईका साथ लागू गरेको लकडाउनको पुर्ण रुपमा कार्यान्वयन गराउन प्रहरीले बजारक्षेत्रका चोक चोकमा गस्ती गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds