काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट पाकिस्तानमा संक्रमित हुनेको संख्या एक हजार १०० नाघिसकेको छन् ।
अहिलेसमम ८ जनाको मृत्यु भइसकेको छ । तर सबैभन्दा अनौठोचाहिँ अन्यत्रभन्दा उल्टो प्रभाव देखिएको छ । अन्य मुलुकमा कोरोना भाइरसको प्रभाव वृद्ध उमेरका मानिसमा देखिए पनि पाकिस्तानमा युवाहरु बढी प्रभावित बनेका छन् ।
विशेषगरी २१-३० वर्ष समूहका युवाहरु यो भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेका हुन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहायक डाक्टर जफर मिर्जाका अनुसार संक्रमणका २५ प्रतिशत संक्रमण २१ देखि ३० वर्ष उमेरका युवामा देखिएको हो ।
संक्रमितमध्ये २५० भन्दा धेरै युवा छन् । जबकी अन्य मुलुकमा ६० वर्षभन्दा बढी उमेर समूहका मानिस यो भाइरसबाट संक्रमित हुने गरेका छन् ।
बुधबार स्थानीय टेलिभिजनलाई जानकारी दिँदै मिर्जाले भाइरस ९३ प्रतिशत विदेशबाट आएको छ भने केवल ७ प्रतिशत आन्तरिक रुपमा फैलिएको हो ।
चीनमा बिहीबारसम्ममा ८१ हजार २८५ संक्रमित देखिएका छन् । जसमध्ये ३ हजार २८७ जनाको ज्यान गएको छ । जसमध्ये ८१ हजार संक्रमित ६५ वर्ष वा त्योभन्दा बढी उमेरका छन् ।
पाकिस्तान डेलीसँग कुरा गर्दै नेशनल इन्स्टिच्युट अफ हेल्थका प्रमुख महामारी विशेषज्ञ राणा सफदरले पाकिस्तानमा युवाको जनसंख्या चीनको भन्दा धेरै रहेकाले युवामा बढी संक्रमण देखिएको बताए ।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ