हङकङमा एक नेपालीलाई कोरोना संक्रमण

हङकङमा एक नेपालीलाई कोरोना संक्रमण

काठमाडौं । हङकङमा एक नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । एक नेपालीमा कोरोना संक्रमण देखिएको हङकङस्थित नेपाली महाबाणिज्य दूताबासले जनाएको छ ।

समाचारहरुमा जनाइएअनुसार संक्रमित नेपाली हङकङकै चर्चित नाइट हव लाङ्काई फोङ्मा बार कार्यरत थिए । पछिल्लो समय कोरोनाको संक्रमण विश्वभर फैलिरहेका बेला क्वारेन्टाइनमा राखिएकाहरु पनि यो बारमा गएका थिए ।

त्यही कारणा क्लबका कर्मचारीलाई कोरोना संक्रमण भएपछि अरूको पनि परीक्षण गरिएको थियो । त्यसक्रममा नेपाली नागरिकको पोजेटिभ रिपोर्ट आएको र उनको अहिले नर्थ डिष्ट्रिक अस्पतालमा उपचार भइरहेको छ ।

हङकङस्थित महावाणिज्य दूतावासले भने बिहीबार विज्ञप्ति जारी गर्दै सम्पुर्ण नेपालीहरुलाई सर्तक रहन अपिल गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ