विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ५ लाख भन्दाबढी पुग्यो

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ५ लाख भन्दाबढी पुग्यो

corona-15-1

एजेन्सी । कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या विश्वभर ५ लाख नाघेको छ ।

बिहीबार विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ५ लाख १० हजार ६ सय ४६ पुगेको छ ।

त्यस्तै सो भाइरस संक्रमणबाट मर्नेको संख्या २३ हजार ७९ पुगेको छ भने चौबिस घण्टामा ३९ हजार ६ सय ७८ जना नयाँ संक्रमितहरु थपिएका छन्, सोही अवधिमा (चौबिस घण्टा) विश्वमा १८ सय १ जनाको सो भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुने १८०१ मा इटाली र स्पेनका मात्र १२ सय १० जना रहेका छन् ।

इटालीमा बिहीबार मात्र ७ सय १२ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा ४ सय ४ सय ९८ जनाको ज्यान गएको छ ।

त्यस्तै इरानमा १३७ जनाको मृत्यु भएको छ भने अमेरिकामा ७३ जनाको मृत्यु भएको छ ।

जर्मनी र नेदरल्यान्डसमा क्रमसः ३३ र ७८ जनाको मृत्यु भएको छ ।

इटालीमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार २ सय १५ पुगेको छ भने स्पेनमा ४ हजार १ सय ४५ पुगेको छ ।

विश्वमा उक्त भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने मुलुक नै इटाली र स्पेन देखिएका छन् ।

यी दुई मुलुकमा महामारी नियन्त्रण बाहिर जाने संकेत देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

चीनको उहानबाट सुरु भएको यो महामारी विश्वका करिब २ सय देशमा फैलिसकेको छ । चीनमै भने महामारी नियन्त्रणमा आइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ