बेलायतका प्रधानमन्त्री जोनसनलाई कोरोना संक्रमण

बेलायतका प्रधानमन्त्री जोनसनलाई कोरोना संक्रमण

Boris Jonson Uk

लण्डन । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि भएको छ ।

जोनसनले ट्वीटरमार्फत यसबारे जानकारी दिएका छन् ।

जसमा उनले आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी लागेको बताउँदै चिकित्सकको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ पाइएको उल्लेख गरेका छन् ।

उनी अहिले सेल्फ–आइसोलेसनमा रहेको र घरमै बसेर आवश्यक सरकारी कामकारबाही गरिरहेको समाचारमा जनाइएको छ ।

बेलायतमा शुक्रबारसम्म ११ हजार ६५८ जनामा कोरोनाको पुष्टि भइसकेको छ भने यसबाट ५७८ जनाको मृत्यु भइसकेको छ। यस्तै १३५ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ