पोखरा । बेलायतमा बुधबार कोरोना भाइरस (कोभिड–१९) को कारण एकैदिन बाबुछोरीको ज्यान गएको छ ।
लण्डनको हिथ्रो विमानस्थलको टर्मिनल ३ मा काम गर्ने ६१ वर्षीय एक आप्रवासी कामदारको भाइरसबाट ज्यान गएको २४ घन्टाभित्रै ३३ वर्षीया छोरीको पनि यो भाइरसको कारण ज्यान गएको हो ।
‘द सन’ अनलाइनकाअनुसार बाबुको नाम सुधीर शर्मा हो । उनी आप्रवासी कामदारको रुपमा विमानस्थलमा काम गर्दै आएका थिए । उनकी छोरी पूजा भने फार्मेसिस्ट थिइन् ।
७ जनवरीमा अन्तिमपटक उनी काममा आएकाले ड्युटीको क्रममा उनलाई कोरोना भाइरसको संक्रमण नभएको अधिकारीहरुले बताएका छन् । उनलाई बाहिरैबाट संक्रमण भएको बताइएको छ । उनी आफ्नो स्वास्थ्यमा समस्या देखिएको भन्दै बिदामा बसेका थिए ।
र, पछिल्लो समय काममा फर्किँदा भने उनीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
आइसोलेशनमा बस्नुपर्ने भएकाले उनको अन्त्येष्टिमा उनकी पत्नी पनि सहभागी हुन पाउने छैनन् । पूजा पनि इस्टबर्न डिस्ट्रिक जनरल हस्पिटलमा फार्मेसिस्टको रुपमा काम गर्दै आएकी थिइन् ।
–एजेन्सीको सहयोगमा
सम्बन्धित खबर
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
दूधमा पनि बर्ड फ्लूको भाइरस फेला
भारतमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु
यूएईमा एक नेपाली महिलाको मृत्यु, श्रीमान् फरार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का एक बेपत्ता
ताइवान भूकम्प : ९ जनाको मृत्यु, ५० बेपत्ता
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग