इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, संक्रमितको संख्या ९२ हजार कट्यो 

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, संक्रमितको संख्या ९२ हजार कट्यो 

italy corona

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ सय ८९ जनाले ज्यान गुमाएका हुन् । यससँगै इटलीमा कोरोनाबाट मृत्यु हुने मानिसको संख्या १० हजार २३ पुगेको छ ।

शनिबार इटालीमा थप पाँच हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यससँगै समग्र संक्रमितको संख्या पनि ९२ हजार कटेको छ । उनीहरुमध्ये १२ हजार निको भएर फर्किसकेका छन् ।

अहिले ७० हजार मानिस उपचाररत छन् । कोरोना भाइरस (कोभिड–१९) पहिलो पटक ३१ डिसम्बरमा चीनको वुहानमा देखिएको थियो ।

सुरुमा चीनमा मात्र देखिएको कोरोनाले पछिल्लो समय युरोपेली देशहरुमा महामारीको रुप लिएको छ । र, चीनमा नियन्त्रण उन्मुख हुँदा इटली र स्पेनमा संक्रमित र मृतकको संख्या बढ्दो छ ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या ६ लाख ४२ हजार कटिसकेको छ भने मृत्यु हुनेको संख्या करिब ३० हजार पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ