तनहुँको भानुमा मृत भेटियो चितुवा, छैन कुनै बाहिरी चोट

तनहुँको भानुमा मृत भेटियो चितुवा, छैन कुनै बाहिरी चोट

Chituwa Dead Bhanu Tanahun

तनहुँ । तनहुँको भानु नगरपालिकाको वडा नं ९ पुर्कोट स्थित पिपलपानीमा मृत अवस्थामा चितुवा भेटिएको छ ।

करिब दुई वर्ष उमेरको २० किलोग्राम जति तौल भएको चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।

मृत अवस्थामा भेटिएको चितुवा पोथि चितुवा रहेको प्रमुख बरालले जानकारी दिए । चितुवाको बाहिरी चोटपटक केही नभएको प्रमुख बरालले बताए ।

यसैबीच मृत अवस्थामा भेटिएको चितुवालाई डिभिजन वन कार्यालय तनहुँको टोलीले दमौली स्थित डिभिजन वन कार्यालय तनहुँक परिसरमा गाडिएको छ ।

यसअघि गत मङ्सिर ४ गते व्यास-१ मुसेखोलामा चितुवा मृत अवस्थामा फेला परेको थियो । उक्त चितुवा ढाड भाचिएको अवस्थामा फेला परेको थियो ।

९ जनाको मृत्यु, ६ घाइते

जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाएका छन ।

त्यस्तै ६ जना बालबालिका घाइते रहेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए ।

अहिले सम्म ७ वटा चितुवा खोरमा परेका छन । तनहुँको भानु नगरपालिकाको विभिन्न बनमा चितुवाले आतंक मच्याएको थियो ।

यी हुन चितुवाको आक्रमणबाट ज्यान गुमाउने ९ बालबालिका

तनहुँमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाईसकेका छन ।

चितुवाको आक्रमणबाट विक्रम संवत् २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विक्रम संवत् २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, विक्रम संवत् २०७५ मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।

त्यस्तै २०७६ पुष १४ गते शुक्लागण्डकी-३ रातमाटाका २ वर्षीय रविन नेपाली, २०७६ पुष २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर र २०७६ माघ १४ गते बन्दिपुर गाउँपालिका वडा नं. ४ लोहि पाखाका १० वर्षिय इश्क सुनारको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ