आमा
आज झण्डै चार महिना हुन लाग्याे
कहिल्यै घर नछाेड्ने मान्छे म
आमाबाबाकाे छहारी छाेडेर
केही समस्या
र केही सपनाहरू बाेकेर
याे सपनाहरुकाे खाल्डोभित्र छिरेकाे ।
यतिखेर
समस्याहरुलाई जितेर
सपनाहरुकाे उडान भर्दै गर्दा
नराम्रो सँग
भुँईमा पछारिएकाे छु म
र यत्रतत्र छरालिएका छन
विचरा
अवाेध सपनाहरू ।
अनि म मात्रै हाेइन
सिंगाे देश
सारा संसार
जहाँ थियाे त्यहीँ
टक्क अडिएकाे छ ।
आमादेखि टाढा भएका
यी चार महिना
मेरा लागि चार वर्ष जस्तै
भएका छन मेरा लागि ।
थुप्रैपटक निसास्सिएर
वाथरुमभित्र छिरेर
एक्लै डाँकाे छाेडेर राेयकाे छु म
ताकि वाथरुम बाहिर हुनेहरुले
मलाई
भित्रकाे ” म ” जस्तै कमजाेर नदेखुन ।
आमा
म यतिखेर घर आउन सक्दिन
किनकि
म घर आउँदा
म मात्रै आएँ भने त ठिकै हुन्थ्याे
कहि कसैबाट सरेर
भाईरस पनि अायाे भने मसँग
मेराे त के कुरा
हाम्राे घर
छरछिमेक
र स्वर्गजस्ताे गाउँ पनि
हुनसक्छ तहसनहस ।
म यतिवेला जहाँ छु
जसरी छु
सकुसल छु
एक्लै छु
तर ” वलियाे” छु
फगत स्वार्थ ले गाँसिएका सम्वन्धहरु भन्दा
जसले यहाँ हरेक सहयाेगकाे
प्रतिफल खाेज्छन
र खल्बलाउँछन ” म ” भित्रकाे ” म “लाइ
घरिघरि ।
छाेइहालेछ भनेपनि भाइरसले
म एक्लै लडँला बरु
याे अन्जान सहरमा
जहाँ हरदिन लड्नु छ
जिन्दगी सँग ।
तर मनमनै
पुकारिरहेछ श्री पशुपतिनाथसंग
याे भाइरस
स्वर्ग जस्तो मेराे गाउँ नपसाेस
जहाँ छन मेरा
थुप्रै बुढा बा अामाहरु ।
पसिहाल्याे भने
रामराम हरिहरि जप्नु बाहेक
अरु केही गर्न सकिँदैन ।
मार्च ३० , २०२०
सम्बन्धित खबर
स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन
गण्डकी लोकतारामा स्याङ्जाकी बत्ती चम्किइन्
गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट
स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु