माछा मार्ने क्रममा पर्वतमा एक जनालाई खोलाले बगायो

माछा मार्ने क्रममा पर्वतमा एक जनालाई खोलाले बगायो

Drowing in river

पर्वत । माछा मार्ने क्रममा पर्वतमा एक जनालाई खोलाले बगाएको छ । हिजो राति करिब ११ बजेर ३० मिनेटको समयमा मोदी खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

मोदी गाउँपालिका ५ गिज्याङका ३६ वर्षिय दीपक खड्कालाई माछा मार्ने क्रममा खोलाले बगाएको हो । जिल्लाको मोदी गाउँपालिका २ सिमखेतस्थित मोदी खोलामा माछा मार्ने क्रममा खोलाले बगाएको प्रहरीले खुलाएको छ ।

खड्काले लगाएको कपडा पानीको भेलले बगाएर अन्दाजी ५० मिटर तल पुगुञ्जेलसम्म देखिएको उनी सँगै माछा मार्न गएका गणेश केसीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उनको खोजी कार्य भई रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ