पोखरा । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउने मानिसको संख्या ३७ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार विश्वभर मृत्यु हुने मानिसको संख्या ३७ हजार नाघेको हो ।
ज्यान गुमाउनेमध्ये इटालीमा सबैभन्दा धेरै ११ हजार पाँच सय ९१ जनाको ज्यान गएको छ । त्यस्तै, स्पेनमा सात हजार सात सय १६ जनाले ज्यान गुमाएका छन् ।
चीनमा पनि मृत्यु हुनेको संख्या तीन हजार तीन सय नौ पुगेको छ भने अमेरिकामा पनि ज्यान गुमाउने तीन हजार ४० पुगेका छन् । विश्वभर समग्र संक्रमितको संख्या पनि सात लाख ८५ हजार नाघेको छ ।
जसमध्ये सबैभन्दा धेरै अमेरिकामा संक्रमितको संख्या एक लाख ६४ हजार नाघेको छ । इटालीमा समग्र संक्रमित एक लाख एक हजार नाघेका छन् ।
त्यस्तै, स्पेनमा समग्र संक्रमितको संख्या ८७ हजार नाघेको छ भने चीनमा ८२ हजारभन्दा धेरैमा यो भाइरसको संक्रमण देखिएको छ।
भाइरसको संक्रमणबाट निको हुनेमा चीन सबैभन्दा अगाडि छ । अहिलेसम्म चीनमा यो भाइरस संक्रमण पुष्टि भएपछि निको भएर घर फर्किने मानिसको संख्या ७६ हजारभन्दा धेरै छ ।
स्पेनमा करिब १७ हजार मानिस निको भएर घर फर्किएका छन् भने इटालीमा पनि १४ हजारभन्दा धेरै भाइरस संक्रमण पछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै, इरान र जर्मनीमा पनि १३ हजारभन्दा धेरै मानिस निको भएर घर फर्किएका छन् ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु