कोरोना रोकथामका लागि गण्डकी प्रदेश सरकारले स्थानीय तहलाई ६ करोड ५० लाख राहत दिने

कोरोना रोकथामका लागि गण्डकी प्रदेश सरकारले स्थानीय तहलाई ६ करोड ५० लाख राहत दिने

Gandaki Pradesh Cabinet

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशका ८५ स्थानीय तहहरुलाई ६ करोड ५० लाख रुपैयाँ राहत दिने भएको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । उक्त रकम कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारले दिन लागेको हो ।

निर्णयअनुसार पोखरा महानगरपालिकालाई एक करोड रुपैयाँ, २६ नगरपालिकालाई प्रति नगरपालिका १० लाखका दरले दुई करोड ६० लाख रुपैयाँ र ५८ गाउँपालिकालाई ५ लाखका दरले दुई करोड ९० लाख रुपैयाँ दिइने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

यो रकम प्रदेश सांसदको सहभागितामा सरकारले गठन गरेको राहत तथा आपूर्ति समितिले वितरण गर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ