काठमाडौं । स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या १ लाख नाघेको छ ।
स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा सात हजार ७१० नयाँ संक्रमित भेटिएका हुन् ।
यससँगै स्पेनमा समग्र संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६ पुगेको हो ।
मन्त्रालयको तथ्यांकअनुसार स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट आठ सय ६४ जनाले ज्यान गुमाएका छन् । यससँगै मृतकको कुल संख्या ९ हजार ५३ पुगेको छ ।
तर अझै महामारी नियन्त्रणमा आउने छाँट देखिएको छैन । सरकारी अधिकारीहरुले भने अहिले स्पेनको अवस्था स्थिर बनेको र छिटै कोरोना भाइरसको महामारी कम हुँदै जाने बताएका छन् ।
गत मार्चदेखि स्पेन पूर्ण रुपमा लकडाउनमा छ ।
तर कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको कामको विपक्षी र यसअघि सरकारलाई साथ दिएका पार्टीले पनि आलोचना गरिरहेका छन् ।
आलोचकहरुले सरकारले यो भाइरस नियन्त्रणको लागि निकै सुस्त गतिमा आफ्नो कदम अघि बढाइरहेको बताएका छन् ।
सम्बन्धित खबर
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
दूधमा पनि बर्ड फ्लूको भाइरस फेला
भारतमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु
यूएईमा एक नेपाली महिलाको मृत्यु, श्रीमान् फरार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का एक बेपत्ता
ताइवान भूकम्प : ९ जनाको मृत्यु, ५० बेपत्ता
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग