पोखराको चाउथेमा मोटरसाइकल कुलोमा खस्दा पुनको मृत्यु

पोखराको चाउथेमा मोटरसाइकल कुलोमा खस्दा पुनको मृत्यु

received_1529721067190349

पोखरा । पोखरामा बुधबार राति मोटरसाइकल कुलोमा खस्दा एक जनाको मृत्यु भएको छ ।

पोखराको चाउथे स्थित खसीबजार चोक नजिकैको सडक छेउको कुलोमा ग ११ प ८२८१ नम्बरको बुलेट बाइक सडकछेउ कुलोमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


मोटरसाइकल चालक पोखरा-२६ सुन्दरीबजार बस्ने ३८ बर्षीय निम राज पुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

प्रहरीले घटनास्थलबाट शव र मोटरसाइकल निकालिसकेको छ । खसीबजार चोक नजिकै सडक पारीको कुलोमा रातीदेखि शव र मोटरसाइकल रहेको थियो । आज बिहान मात्रै निकालिएको हो ।

घटनास्थलमा स्थानीयले अर्को एक महिलाको चप्पल समेत देखिएको बताएका छन् । मोटरसाइकलमा अरु सवार रहे नरहेको बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

फोटो : सुरज श्रेष्ठ/एसटु प्रोडक्सन

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ