च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चितकालका लागि स्थगित

च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चितकालका लागि स्थगित

Real Madrid v Atletico Madrid – UEFA Champions League – Final – San Siro

Champions League trophy, Coupe des clubs Champions Europeeens during the UEFA Champions League final match between Real Madrid and Atletico Madrid on May 28, 2016 at the Giuseppe Meazza San Siro stadium in Milan, Italy.

एजेन्सी । युरोपियन फुटबल महासंघ (युईएफए) ले यस सिजनको च्याम्पियन्स लिग र युरोपा लिग फुटबल अनिश्चित कालका लागि स्थगित गरेको छ ।

युईएफएमा आवद्ध ५५ देशका प्रतिनिधिबीच बुधबार भएको भिडियो कन्फ्रेस बैठकले उक्त निर्णय गरेको हो ।

युईएफएले अर्को सिजनको क्यालेन्डर सार्ने र जुनसम्मको सबै खाले अन्तर्राष्ट्रिय फुटबल स्थगित गर्ने निर्णय पनि गरेको छ । यसअघि युरो कपको प्ले अफ खेल जुनमा हुने तालिका थियो ।

यस निर्णयले मे मा हुने वुमन्स च्याम्पियनन्स लिगको फाइनल खेलपनि अनिश्चितकालको लागि सरेको छ ।

बैठकले युरोपका अन्य लिग रद्द गर्ने या सुचारु गर्ने भन्ने विषयमा कुनै पनि निर्णय गर्न सकेको छैन ।

यसअघि प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित गरिएको थियो । अन्य लिगहरु पनि स्थगित भएका छन् । कोरोनाको संक्रमणले बीचमा रोकिएको जारी सिजनको लिग फुटबल अन्त्य हुन नसके के गर्ने भन्ने अन्योलता बढेको छ ।

लिग सक्नकै लागि यसअघि युरोकप एकवर्ष पछि सारिएको थियो ।

युईएफएले यदि जुन महिनासम्म रोकिएको लिग सुरु गर्न नसके सिजन त्यतिकै अन्त्य हुने बताउँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ