विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९ लाख नाघे, ४७ हजारभन्दा बढीको मृत्यु

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९ लाख नाघे, ४७ हजारभन्दा बढीको मृत्यु

Coronavirus-696×318

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ९ लाख नाघेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार संक्रमितको संख्या ९ लाख ३५ हजार ८१७ पुगेको छ । जसमा मृत्यु हुनेको संख्या पनि ४७ हजार २०८ पुगेको छ ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने मुलुक अमेरिकामा संक्रमित हुने मानिसको संख्या दुई लाख १५ हजार पुगेको छ ।

अमेरिकामा भाइरसबाट ज्यान गुमाउनेको संख्या पनि ५ हजार ११६ पुगेको छ ।

त्यस्तै दोस्रो सबैभन्दा प्रभावित मुलुक इटालीमा संक्रमित संख्या एक लाख १० हजार नाघेको छ भने १३ हजार १५५ पुगेको छ । इटाली यो भाइरसबाट सबैभन्दा धेरैको मृत्यु हुने मुलुक हो ।

तेस्रो सबैभन्दा प्रभावित मुलुक स्पेनमा संक्रमितको संख्या एक लाख १० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या नौ हजार ३८७ पुगेको छ ।

त्यस्तै चीनमा पनि संक्रमितको संख्या ८२ हजार भन्दा धेरै छ भने मृत्यु हुनेको संख्या पनि तीन हजार तीन सय नाघिसकेको छ ।

संक्रमित संख्यामा फ्रान्स ७७ हजार सात सय ८१ नाघेको छ । फ्रान्समा मृत्यु हुनेको संख्या नौ सय ३१ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ