रोटरी क्लबले नेपाल सरकारको कोरोना राहत कोषमा १ करोड सहयोग गर्ने

रोटरी क्लबले नेपाल सरकारको कोरोना राहत कोषमा १ करोड सहयोग गर्ने

District-3292-Logo

पोखरा । कोरोना भाइरस (कोभिड-१९) राहत कोषको लागी रोटरी क्लब नेपालले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

नेपालभरका १ सय २४ रोटरी क्लबका सदस्यहरुले नेपाल सरकारको कोरोना रोकथाम कोषका लागी एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

देशका विभिन्न स्थानमा खाद्यान्न, स्वास्थ्य सामग्री, कोरोना सूचना केन्द्र, स्यानिटाइजर, मास्क र अस्पतालहरुलाई समेत पिपिई प्रदान गर्दै आइरहेको रोटरी क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिष्ट्रिक़्ट गर्भनर किरणलाल श्रेष्ठले जानकारी दिए ।

नेपाल सरकारलाई कोरोना रोकथाम कार्यक्रमको लागी उक्त रकम सहयोग गर्न लागेको गभर्नर श्रेष्ठले बताए ।

देशभरका क्लबहरुले स्थानीय सरकार र अस्पतालसंग मिलेर आवश्यक परेको खण्डमा अन्य सहयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ