एजेन्सी । अमेरिकामा कोराना भाइरस संक्रमितको संख्या ३ लाख नाघेको छ । शनिबार बेलुकासम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ४ सय ३२ पुगेका तथ्याँक संकलक साइट वल्ड्रोमिटरले जनाएको छ ।
त्यस्तै एकदिनमै अमेरिकामा २३ हजार २ सय ७१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने ७ सय ५० जनाको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार १ सय ५४ पुगेको छ ।
त्यस्तै शनिबारै फ्रान्समा सबैभन्दा बढी १ हजार ५३ जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमित हुनेको कूल संख्या ८२ हजार १ सय ६५ पुगेको छ । मर्नेको संख्या ७ हजार ५ सय ६० पुगेको छ ।
त्यस्तै,इटालीमा एकैदिन ६ सय ८१ जनाको मृत्यु भएको छ भने कूल मृतकको संख्या १५ हजार ३ सय ६२ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख २४ हजार ६ सय ३२ पुगेको छ । उता स्पेनमा एकैदिन ५ सय ४६ जनाको मृत्यु भएको छ ।
योसहित स्पेनमा मनेको संख्या ११ हजार ७ सय ७४ पुगेको छ । उल्लेखित मुलुक लगायत विश्वका २ सयभन्दा बढी मुलुकहरुमा संक्रमित हुने र मृत्यु हुनेको संख्या क्रमसः ११ लाख ७२ हजार ८ सय ८९ र ६३ हजार ८ सय ८६(मृत्यु) पुगेको छ ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर