एजेन्सी । अमेरिकामा कोराना भाइरस संक्रमितको संख्या ३ लाख नाघेको छ । शनिबार बेलुकासम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ४ सय ३२ पुगेका तथ्याँक संकलक साइट वल्ड्रोमिटरले जनाएको छ ।
त्यस्तै एकदिनमै अमेरिकामा २३ हजार २ सय ७१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने ७ सय ५० जनाको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार १ सय ५४ पुगेको छ ।
त्यस्तै शनिबारै फ्रान्समा सबैभन्दा बढी १ हजार ५३ जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमित हुनेको कूल संख्या ८२ हजार १ सय ६५ पुगेको छ । मर्नेको संख्या ७ हजार ५ सय ६० पुगेको छ ।
त्यस्तै,इटालीमा एकैदिन ६ सय ८१ जनाको मृत्यु भएको छ भने कूल मृतकको संख्या १५ हजार ३ सय ६२ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख २४ हजार ६ सय ३२ पुगेको छ । उता स्पेनमा एकैदिन ५ सय ४६ जनाको मृत्यु भएको छ ।
योसहित स्पेनमा मनेको संख्या ११ हजार ७ सय ७४ पुगेको छ । उल्लेखित मुलुक लगायत विश्वका २ सयभन्दा बढी मुलुकहरुमा संक्रमित हुने र मृत्यु हुनेको संख्या क्रमसः ११ लाख ७२ हजार ८ सय ८९ र ६३ हजार ८ सय ८६(मृत्यु) पुगेको छ ।
सम्बन्धित खबर
दूधमा पनि बर्ड फ्लूको भाइरस फेला
भारतमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु
यूएईमा एक नेपाली महिलाको मृत्यु, श्रीमान् फरार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का एक बेपत्ता
ताइवान भूकम्प : ९ जनाको मृत्यु, ५० बेपत्ता
ताइवानमा शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग