विद्युत सर्ट भई आगलागी हुँदा तनहुँको व्यासमा दुई घर जल्यो

विद्युत सर्ट भई आगलागी हुँदा तनहुँको व्यासमा दुई घर जल्यो

Aaglagi Ghar Jalyo

तनहुँ । तनहुँको व्यास नगरपालिका-७ सामलिमा आगलागी हुँदा घर र गोठ जलेको छ ।

स्थानीय तिल विक्रम परियार र गोकर्ण परियारको घरमा सोमबार दिउँसो २ बजे विद्युत सर्ट भई आगलागी हुँदा खरको छानो भएको घर र गोठ जल्नु साथै खाद्यान्न, कपडा, भाडावर्तन पूर्ण रुपमा जलेको छ ।

आगलागीबाट तिल बिक्रम परियारको अन्दाजी ७ लाख र गोकर्ण परियारको ६ लाख गरि कुल १३ लाख बराबर धनमाल क्षति भएको व्यास-७ का वडाअध्यक्ष सतिशचन्द्र न्यौपानेले जानकारी दिए ।

आगलागी पीडितलाई नगरपालिका संग समन्वय गरि राहत वितरण गर्ने वडाअध्यक्ष न्यौपानेले बताए ।

अहिले पीडितलाई टोल विकास समितिको सहयोगम खानपिन व्यवस्थापन गरिएको वडाअध्यक्षको न्यौपानेले जानकारी दिए ।

आगो स्थानीय बासिन्दा र जनप्रतिनिधिको सहयोगमा दिउँसो साढे ४ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी विनोद सिलवालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ