एजेन्सी । विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या १३ लाख नाघेको छ । सोमबार साँझसम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १३ लाख ४६ हजार ९ सय ४७ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या ७४ हजार ७ सय २ पुगेको छ । दुई लाख ७८ हजार ६ सय ९८ जना निको भएका छन् ।
आइतबार मृतकको संख्या घटेर केही आशा जागेको इटलीमा सोमबार फेरि मृत्यु हुनेको संख्या एक सय जनाले बढेको छ । सोमबार इटलीमा छ सय ३६ जनाको मृत्यु भएको छ, जबकी आइतबार पाँच सय २५ जनाको मृत्यु भएको थियो । इटलीमा मृत्यु हुनेको कुल संख्या १६ हजार पाँच सय २३ पुगेको छ ।
यहाँ संक्रमितको संख्या एक लाख ३२ हजार पाँच सय ४७ पुगेको छ, सोमबार एकै दिन तीन हजार पाँच सय ९९ जनामा संक्रमण देखिएको छ ।
स्पेनमा मृतकको संख्या १३ हजार तीन सय ४१ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख ३६ हजार छ सय ७५ पुगेको छ ।
संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ । यहाँको न्युयोर्क शहरमा मात्र चार हजार सात सय ५८ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या तीन लाख ६७ हजार पाँच सय सात पुगेको छ । न्युयोर्कमा मात्र संक्रमितको संख्या १ लाख ३१ हजार आठ सय १५ पुगेको छ । न्युयोर्कपछि बढी प्रभावित हुने राज्यमा न्युजर्सी रहेको छ ।
पछिल्लो केही दिनयता कोभिड १९ संक्रमणको कारण फ्रान्समा भयावह अवस्था देखिएको छ । सोमबार एकै दिन फ्रान्समा आठ सय ३३ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमण देखिएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो ।
फ्रान्समा मृत्यु हुनेको संख्या अब आठ हजार नौ सय ११ पुगेको छ । इटली र स्पेनपछि युरोपमा कोभिड १९ को असर फ्रान्समा देखिएको छ ।
बेलायतमा मृत्यु हुनेको संख्या पाँच हजार तीन सय ७३ र संक्रमितको संख्या ५२ हजार दुई सय ७९ पुगेको छ ।
जर्मनीमा संक्रमित संख्या एक लाख तीन हजार तीन सय ७४ र मृतक संख्या एक हजार आठ सय १० पुगेको छ । इरानमा मृतक संख्या तीन हजार सात सय ३९ पुगेको छ ।
सम्बन्धित खबर
भारतमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु
यूएईमा एक नेपाली महिलाको मृत्यु, श्रीमान् फरार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का एक बेपत्ता
ताइवान भूकम्प : ९ जनाको मृत्यु, ५० बेपत्ता
ताइवानमा शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग