काठमाडौं । कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १४ लाख २८ हजार ४ सय २८ पुगेको छ । त्यस्तै तीन लाख एक सय ९८ जना निको भएका छन् ।
मृत्यु हुनेमा सबैभन्दा धेरै इटलीका रहेका छन् । यहाँ मृतक संख्या १७ हजार एक सय १७ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख ३५ हजार पाँच सय ८६ पुगेको छ । स्पेनमा मृतक संख्या १४ हजार ४५ र संक्रमितको संख्या एक लाख ४१ हजार नौ सय ४२ पुगेको छ ।
संयुक्त राज्य अमेरिकामा मृतक संख्या १२ हजार ८ सय ४४ पुगेको छ भने संक्रमितको संख्या ३ लाख ९८ हजार एक सय ८५ पुगेको छ । न्युयोर्कमा मात्र मृतक संख्या पाँच हजार पुगेको छ । यहाँ मंगलबार एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ । गभर्नर एन्ड्रयु कुमोका अनुसार मंगलबारसम्म न्युयोर्कमा मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८९ पुगेको छ । संक्रमितको संख्या भने एक लाख ३८ हजार आठ सय ३६ पुगेको छ ।
फ्रान्समा मृतक संख्या १० हजार ३ सय २८ पुगेको छ भने संक्रमितको संख्या एक लाख १० हजार ७० पुगेको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङमा बताएअनुसार सात हजार ९१ जनाको अस्पतालमा र तीन हजार दुई सय ३७ जनाको केयर हाउसमा मृत्यु भएको हो ।
फ्रान्सको अस्पतालमा हाल करिब ३० हजार जना उपचाररत छन् । जसमा सात हजार भन्दा बढी गम्भीर अवस्थाका छन् । बितेको २४ घण्टामा फ्रान्समा छ सय सात जनाको मृत्यु भएको छ ।
बेलायतमा मृतक संख्या ६ हजार एक सय ७० र संक्रमितको संख्या ५५ हजार हजार नौ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा बेलायतमा सात सय ५८ जनाको मृत्यु भएको छ ।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ