कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा ३ महिनाको लकडाउन खुल्यो

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा ३ महिनाको लकडाउन खुल्यो

Wuhan__train_NgvTnCt87B

एजेन्सी । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट ११ हप्ताको लकडाउनपछि बुधबार पहिलो रेल निस्किएको छ ।

कोरोना भाइरसको महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन झण्डै तीन महिनापछि हटाइएको छ ।

चीनको वुहानबाटै गत वर्ष डिसेम्बरमा कोरोना भाइरसको संक्रमण सुरु भएको थियो ।

समाचार एजेन्सी एपीका अनुसार वुहानका जनताले अब जता पनि जाने अनुमती पाएका छन् ।

चीनमा कोरोना भाइरसका ६२ नयाँ संक्रमित भेटिएका छन् । एकदिन अघि यहाँ ३२ जना नयाँ संक्रमित पाइएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ