पोखरा महानगरको कोरोना राहत कोषमा ३ करोड ६४ लाख सङ्कलन

पोखरा महानगरको कोरोना राहत कोषमा ३ करोड ६४ लाख सङ्कलन

Pokhara Mahanagar

पोखरा । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा हालसम्म ३ करोड ६४ लाख ७१ हजार रुपैयाँ सङ्कलन भएको छ ।

लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदूरलगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउन महानगरले कोषको स्थापना गरेको हो ।

महानगरको  दुई करोड र गण्डकी प्रदेश सरकारतर्फ एक करोड रुुपैयाँ उपलब्ध गराएसँगै महानगरले स्थापना गरेको सो कोषमा विभिन्न सङ्घ, संस्था, व्यक्तिबाट १६ लाख ७१ हजार ६१ रुुपैयाँ सहयोग प्राप्त भएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधव बराललाई उक्त कोषको सहयोगार्थ पोखरा–१४ नागमणि टोल निवासी नारायणप्रसाद सापकोटाले रु २२ हजार बराबरको चेक हस्तान्तरण गरेका थिए ।

कोषमा महानगरका कर्मचारीबाट  ४८ लाख ५० हजार रुपैयाँ जम्मा गरी स्थापना गरिएको राहत कोषबाट महानगरले छनोट गरेका लाभग्राहीलाई वडा कार्यालयमार्फत राहत वितरण कार्य शुरु गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ