बहराइनमा २२ जना नेपालीमा भेटियो कोरोना भाइरसको संक्रमण

बहराइनमा २२ जना नेपालीमा भेटियो कोरोना भाइरसको संक्रमण

पोखरा । बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । बहराइनको मनामा स्थित नेपाली दुतावासले आज एक बिज्ञप्ति जारी गरि थप १० जना नेपालीलाई कोरोना संक्रमण देकिएको जनाएको छ ।

यो सँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।

अहिले सम्म बहराइनमा ८ सय २३ जनामा कोरोना संक्रमण देखिएको वर्डोमिटरले देखाएको छ । जसमा ५ जनाको मृत्यु भैसकेको छ ।

४ सय ७७ जना निको भैसकेका छ्न । अहिले सम्म ५२ हजार ३ सय ५१ जनाको कोरोना परिक्षण गरिऎको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ