सूर्य तिमिल्सिना, मुस्ताङ्ग । सुन्दा अचम्म लाग्ला तर नेपालमा अझै पनि एउटा यस्तो गाउँ छ जसलाई न त लकडाउनले छोएको छ न त कोरोनाको त्रासले नै ।मुलुक कोरोनाले आतंकित बनाईरहदा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं ५ मा अवस्थित शाङ्ता गाउँ नाम जस्तै शान्त र स्थिर छ ।
त्यहाँका स्थानीयको दैनिकी साविक भन्दा अहिले पनि कुनै भिन्नता छैन । मुस्ताङको ९६ वटा गाउँबस्ती मध्येको त्यो अचम्म लाग्दो गाउँ शाङ्ता । यस गाउँका मानिस कोरोनाबाट मुक्त छन् । यो गाउँमा बाहिरी मान्छे समेत बिरलै पुग्छन् न त यहाँका मान्छे नै अन्यत्र आवतजावत गर्छन् । गाउँका कोही पनि मानिस वैदेशिक रोजगारमा विदेश नगएकाले र अन्य बाहिरी मान्छेको आगमन नहुनुले पनि गाउँ कोरोना जोखिम मुक्त भएको हो ।
जोमसोम देखि ४० किमी पञ्चिमतर्फ हानिए साङ्ता गाउ आईपुग्छ । मुस्ताङ र डोल्पा सिमाक्षेत्रमा अवस्थित साङ्ता पुग्न जोमसोमबाट ६ घण्टा लाग्छ ।जोमसोम देखि कच्चि सडक भएतापनि यहा सवारी साधन चल्दैन। वारागुङ मुक्तिक्षेत्र–५ को एउटा वडामा जोडिएको फल्याक ,धाकार्जुङ भन्दा विकट साङ्ता गाउ करिव ३० किमी टाढा छ ।
चारैतिर अग्ला अग्ला डाडोको भिरालो फेदमा छ साङ्ता गाउ । गाउमा शिक्षा ,स्वास्थ्य बिजुली र संञ्चारको समेत पर्याप्त पहुच छैन । गाउका ८० प्रतिशत मानिस प्राय अशिक्षित छन् ।
जिल्लामा कोरोना आतंकले सर्वसाधारणलाई त्रसित बनाई रहेको अवस्थामा पनि यस गाउ भने कोरोनाको नत कुनै डर छ ,नत स्थानीयलाई कोरोनाबारे जानकारी हासिल छ । यहा सरकारको समेत न्युन उपस्थित हुने गर्छ । लाग्छ मुस्ताङ जिल्लाकै भुगोल भित्र रहेको भएपनि साङ्ता गाउँ एक्लो गाउँ जस्तै बनेको छ ।
गाउँका सबै खेतीपाती र पशुपालन गरेर जिविकोपार्जन गर्ने यहाँ भौगोलिक दृष्ट्रिले विकट भएकै कारण सरकारी कर्मचारी, जनप्रतिनिधि, सुरक्षा निकाय कसैको पनि उपस्थित बिरलै रहन्छ ।
गाउमा १३ घरधुरीका करिव ७० जती जनसंख्या छ । गाउकै ३ कक्षा सम्म पढ्ने स्कुल पनि राम्ररी ६ महिना पनि खुल्दैन । स्थानीय बालबालिकाले त्यहाँ राम्ररी पढ्ने सुविधा छैन ।
रेडियो, टेलिभिजन र ईन्टरनेटबाट समेत टाढाको गाउँका गाउँमुखिया ङहिटुक गुरुङले कोरोना भाईरस भनेको आफुलाई केही थाहा नभएको बताए ।
शाङता गाउँका बारेमा वडाअध्यक्ष राप्के गुरुङ यसो भन्छन ‘यो गाउँ अटो लक डाउनको गाउँ भएकोले यहाँ न कोरोनाको त्रास छ त न तयारी नै। शाङतामा नयाँ मान्छे कोही नजाने बरुगाउँकै मान्छे कहिलेकाहीं मात्र किनमेल गर्न जोमसोम आउने गरेकाले उनीहरुलाई कोरोनाबारे पत्तो नभएको हो ।’
स्थानीय प्रशासन, स्वास्थ्य, गाउँपालिका र सुरक्षाकर्मी लगायतले अहिले गाउँगाउँमा कोरोना सचेतना कार्यक्रम गरे पनि शाङता गाउँ भने बेखबर छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो