काठमाडौं । सामाजिक सञ्जाल फेसबुक मार्फत बनेको सेक्रेट ग्रुप वुमन्स रुम रिलोडेड (डब्लुआरआर) छैठौँ वर्षमा लागेको छ । यस अघिका वर्षमा विशेष कार्यक्रमहरु आयोजना गरि वार्षिकोत्सव मनाउने गरेको यस ग्रुपले यो वर्ष भने कार्यक्रम नगर्ने भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण यस वर्षका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको ग्रुपकी एडमिन बिनु कार्कीले बताईन ।

`हामी पाँचौ वर्ष नाघेर छैठौं वर्षमा लागेका छौँ । हामिले विशेष कार्यक्रम आयोजना गरि वार्षिकोत्सव मनाउने योजना गरेका थियौँ ।´ उनले भनिन ‘यो वर्ष कोरोना भाइरसका कारण कार्यक्रम तत्कालका लागि स्थगित गरेका छौँ ।’

१४ अप्रिल २०१५ मा युवतीहरु बिच सद्भाव तथा रमाइलोका लागि बनेको यस ग्रुप अहिले नेपालको सबैभन्दा ठुला फेसबुक ग्रुप मध्य एक हो । अहिले यस ग्रुपमा ३९ हजार सदस्य रहेका छन् । यस्तै ५ जना एड्मिन र ७ जना मोडेरेटर रहेको कार्कीले जानकारी दिईन । वार्षिकोत्सवको अवसरमा फेसबुक फ्रेम प्रयोग गरेको देखिन्छ ।

ग्रुपले अहिले नेपालमा काठमाडौं, चितवन, झापा, मोरङ, बिराटनगर, नवलपरासी, भैरहवा, झापा, पोखरा, गोर्खा, बुटवल र पाल्पामा मुख्यतः आफ्ना कार्यक्रम आयोजना गर्ने गरेको एड्मिन कार्किले बताइन् । अरु ठाउँमा पनि आफ्ना सदस्य मार्फत इभेन्ट आयोजना गर्ने गरेको उनले बताईन ।

१८ वर्ष माथिका युवतीले मात्र सदस्यता पाउने यस ग्रुप अहिले सामाजिक कार्यमा जोडिएको छ । सुरुमा मनोरञ्जनात्मक तथा सुचनामुलक विषयवस्तु आदानप्रदान गर्न खुलेको ग्रुपले अहिले रक्तदान कार्यक्रम, सचेतना लगाएतका कार्यक्रममा आफ्नो उपस्थिति जनाउदै आएको छ ।

अहिले ग्रुपले आफ्नै श्रोतमा ललितपुर, भक्तपुर र भैरहवा गरि ३ ठाउँका ६ विद्यार्थिलाई पढाएको छ । `शिक्षाको उपहार´ नाम दिएर गराइएको यस इभेन्टमा पछि आर्थिक रुपमा बलियो भएपछी धेरै विद्यार्थिलाई सामेल गराउने ग्रुपको लक्ष्य रहेको छ । ‘ग्रुप बन्ने बेलामा हामी मनोरञ्जनका लागि गठन गरेका तर अहिले सामाजिक काम गरिरहेका छौँ । ब्लड डोनेसनसँगै सचेतना मुलक काम गरेका छौं । आश्रमहरुलाई पनि सक्दो सहयोग गर्ने गरेका छौँ ।´ उनले भनिन ‘हामिले गत वर्ष ६ जना बालबालिकालाई पढायौ, बालबालिकाको पढाईमा १ लाख २६ रुपैयाँ लाग्यो ।’ यस्तै ग्रुपले यस वर्ष रोल्पामा दुई जनाको स्वास्थ बिमा समेत गराइदिएको छ । साथै ग्रुपले गत वर्ष झापाको एक सामुदायिक विद्यालयमा स्टेसनरी सामाग्री सँगै स्यानिटरी प्याड समेत वितरण गरेको थियो ।
ग्रुपको सदस्यता पाउन १८ वर्ष काटेको हुनु पर्ने मात्र नभई फेसबुक एकाउन्ट युवतीकै भए/नभएको पनि जाँच्ने गरेको एड्मिन कार्किले बताइन् । युवतीहरुको मात्र ग्रुप भनेपछी केटाहरु त्यस ग्रुपमा पस्न खोज्ने भएकाले आइडी भेरिफिकेसन गर्ने गरिएको उनले जानकारी दिईन । ‘पहिले धेरै पटक इनफर्मेसन लिक भएको थियो ।’ कार्कीले भनिन ‘त्यसैले अहिले युवती नै भए/नभएको जाँच गर्न विभिन्न तरिका अप्नाउँछौँ, अहिले धेरै समस्या झेल्नु परेको छैन ।´

ग्रुपले यस वर्षका अन्य कार्यक्रम पनि कोरोना नियन्त्रण नहुन्जेल सम्मका लागि स्थगित गरेको छ । ग्रुपकी एड्मिन कार्किले कोरोना नियन्त्रण भएपछी कार्यक्रम आयोजना गरिने बताउँदै अहिले सम्पुर्णलाई सुरक्षाका उपाय अपनाउन आग्रह गरेकी छिन ।


सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’