भारतले थप तीन हप्ता लम्ब्यायो लकडाउन

भारतले थप तीन हप्ता लम्ब्यायो लकडाउन

Modi

काठमाडौं । भारतले थप तीन हप्ताका लागि लकडाउन लम्ब्याएको छ ।

बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी दिएका हुन ।

यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार (३ गते) सकिँदै छ ।

३० अप्रिलदेखि भने अत्यावश्यक कामका लागि छुट दिन सकिने प्रधानमन्त्री मोदीले बताएका छन् ।

भारतमा हालसम्म करिब साढे १० हजारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने साढे ३ सयभन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ