बालुवा चोरी गर्न गएको ट्याक्टरबाट खस्दा नवलपरासीमा एकजनाको मृत्यु

बालुवा चोरी गर्न गएको ट्याक्टरबाट खस्दा नवलपरासीमा एकजनाको मृत्यु

Death

नवलपरासी । बालुवा चोरी गर्न गएको ट्याक्टरबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिकामा पर्ने विनयी खोलामा गएको लु ३ त ९१८३ नं. को ट्याक्टरबाट खसेर सोही गाउँपालिका– ३ का २६ वर्षीया प्रमेन्द्र चौधरीको मृत्यु भएको हो ।

ट्याक्टरबाट खसेर घाइते भएका चौधरीको उपचारका क्रममा मंगलबार दिउँसो भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका नायब उपरीक्षक मोहनबहादुर खांणले बताए ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउनको समयमा गाउँमा प्रहरीको गस्ती कम हुने भएपछि त्यस क्षेत्रमा ट्याक्टरहरुबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ