र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको पोखराकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ, छैन कोरोना संक्रमण

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको पोखराकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ, छैन कोरोना संक्रमण

1580895618_corona

पोखरा । र्‍यापिड टेस्टमा कोरोना भाइरस पोजेटिभ देखिएको पोखरा १२ ढिकालेथरकी महिलाको रिपोर्ट नेगेटिभ आएको छ ।

बुधबार दिउँसो गरिएको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिए पनि पिसिआर मेसिनमा भने नेगेटिभ देखिएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ ।


स्वास्थ निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार पिसिआर मेसिनमा चेकजाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

‘उहाँको रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने, ‘दिउँसो र्‍यापिड टेस्टमा पोजेटिभ देखिए पनि पिसिआर मेसिनमा कोरोना नेगेटिभ आएको छ । भर्खरै रिपोर्ट आएको हो ।’

संक्रमित भनिएकी महिला २७ दिन अघि दुबईमा रहेका आफ्ना छोरोलाई भेटेर फर्केकी थिइन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ