स्याङ्जामा ५३४ जनाको कोरोना परीक्षण, सबै रिपोर्ट नेगेटिभ

स्याङ्जामा ५३४ जनाको कोरोना परीक्षण, सबै रिपोर्ट नेगेटिभ

Corona Rapid Test Kit

स्याङ्जा । स्याङ्जाका पाँच सय ३४ जनामा गरिएको कोरोना परीक्षणको सबै रिपोर्ट नेगेटिभ देखिएको छ ।

विदेशबाट फर्केर क्वारेन्टाइनमा बसेका ९८ जनालाई पीसीआर प्रविधि र होम क्वारेन्टाइनमा बसेका चार सय ३६ जनालाई आरडिटी प्रविधिद्वारा कोरोना परीक्षण गरिएको थियो ।

पुतलीबजार नगरपालिका–४०, भीरकोट नगरपालिका–४०, वालिङ नगरपालिका–७७, गल्याङ नगरपालिका–३५, चापाकोट नगरपालिका–७७ फेदीखोला गाउँपालिका–३३, आँधीखोला गाउँपालिका–११, हरिनाश गाउँपालिका–४४, बिरुवा गाउँपालिका–२८, अर्जुनचौपारी–५१ गरी जम्मा चार ३६ जनाको आरडिटी परीक्षण गरिएको थियो ।

फेदीखोला गाउँपालिका–१५, पुतलीबजार नगरपालिका–२, वालिङ नगरपालिका–१३, गल्याङ नगरपालिका–१४, कालीगण्डकी गाउँपालिका–२०, अर्जुनचौपारी गाउँपालिका–१८ र चापाकोट नगरपालिका–१९ गरी जम्मा ९८ जनाको पिसीआर प्रविधिद्वारा कोरोना संक्रमण परीक्षण गरिएको थियो ।

स्याङ्जामा आरडिटी प्रविधिद्वारा परीक्षण गत चैत २८ गतेबाट सुरु गरिएको हो । जिल्लाका १० वटा स्थानीय तहमा आरडिटी प्रविधिद्वारा परीक्षण गरिएको हो । तर, कालीगण्डकी गाँउपालिकामा भने यो विधिद्वारा कोरोना संक्रमण परीक्षण गरिएको छैन । स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिका गरी ११ वटा स्थानीय तह रहेका छन् ।

आरडिटीः¥यापिड डायग्नोस्टिक टेस्ट (द्रूत परीक्षण) र पीसीआरः पोलीमरेज चेन रीयक्सन (स्वाब) कोरोना परीक्षण विधि हो । आरडिटी प्रविधिमा भाइरसले निकालेको जिन, प्रोटिन हेरिन्छ भने पीसीआर प्रविधिमा भाइरस बिरुद्द शरीरले निकालेको एन्टिबडी हेरिन्छ ।

हाल सम्म गरिएको परीक्षणको सबै रिपोर्ट नेगेटिभ आउनु सुखद भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘संक्रमणको माहामारी हामी आज सम्म सुरक्षित छौं,’ उनले भने, ‘संक्रमण जुटेर होइन, फुटेर नियन्त्रण गर्नुपर्छ ।’ उनका अनुसार सामाजिक दूरी कायम गर्न सके कोरोना संक्रमणलाई परस्त गर्न सजिलो हुनेछ ।

स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जिल्लामा आरडिटी प्रविधिद्वारा परीक्षण गर्न केही बाँकी रहेको बताए । वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा परीक्षण जारी रहेको उनले बताए ।

जिल्लामा करिब ६ सय जना विदेशबाट फर्किएका नागरिकको तथ्याङ्क आफूहरुसँग रहेकाले सबैमा आरडिटी प्रविधिद्वारा परीक्षण गरेरै सक्ने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ