लकडाउनमा स्याङ्जाका जनप्रतिनिधिबीच कुटाकुट, वडाध्यक्षको हात भाँच्चियो

लकडाउनमा स्याङ्जाका जनप्रतिनिधिबीच कुटाकुट, वडाध्यक्षको हात भाँच्चियो

kutakut

स्याङ्जा । कोरोना संक्रमणले त्राहीत्राही र हप्तौको लकडाउनको प्रभाव खेपिरहेका बेला स्याङ्जाका जनप्रतिनिधि बीच कुटाकुटा भएको घटना सार्वजनिक भएको छ ।

बुधबार साँझ करिब ८ बजे वालिङ–१३ बयाँटारीस्थित जंगल रेष्टुरेण्टमा जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख दिलीपकुमार बगाले र वालिङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अनन्तराज गैरेबीच कुटाकुट भएको घटना सार्वजनिक भएको हो ।

कुटाकुटा हुँदा वडा अध्यक्ष गैरेको बायाँ हात भाँच्चिएको छ । उनको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भैरहेको छ । उनलाई बिहीबार बिहान नेकपा वालिङ नगर कमिटीका अध्यक्ष राजेन्द्र डुम्रे र छिमेकी धन पराजुलीले उपचारका लागि पोखरा लगेका हुन् ।

अध्यक्ष गैरैलाई सम्पर्क गर्दा उपचारमा रहेकाले सम्पर्क हुन सकेन । उनको फोन पराजुलीले उठाएका थिए ।

यता जिल्ला समन्वय उप–प्रमुख दिलीपकुमार बगालेले भने कुटाकुट घटनामा आफ्नो संलग्न नरहेको बताए । उनले भने, ‘सामान्य भनाभन भएको हो । कसले कुटपिट ग-यो थाहा छैन ।’ आफूसँगै रहेका केही साथीहरुले घटना घटाएको हुनसक्ने उनले आशंका गरे ।

घटनाका प्रत्यक्षदर्शी धनबहादुर मल्लले कुटपिटमा समन्वय उप–प्रमुखको संलग्न रहेको बताए । उनले घटना घटेको समयमा व्यवसायीद्वय नमलाल डुम्रे र अर्जुन खनाल पनि सँगै रहेको बताए । उनले अनुसार कुटपिटमा बगाले र डुम्रेको संलग्नता रहेको बताए ।

घटनामा संलग्नहरुलाई कार्वाहीका लागि वडा प्रहरी कार्यालयमा जाहेरी परेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख इन्सपेक्टर निरञ्जन घिमिरेले बताए । ‘जिल्ला समन्वय उप–प्रमुखका विरुद्ध किटानी जाहेरी परेको छ,’ उनले भने, ‘आवश्यक अनुसन्धान छिट्टै सुरु गर्छौं ।’

घटनामा संलग्न भनिएका उप–प्रमुख बगाले र वडा अध्यक्ष गैरे स्थानीय निर्वाचनमा एउटै वडाबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

तत्कालीन अवस्थामा उनीहरु नेकपा (एमाले) का तर्फबाट उम्मेदवार थिए । वडा सदस्यमा निर्वाचित बगाले पछि जिल्ला समन्वय उप–प्रमुखमा निर्वाचित भएका हुन् । कालीगण्डकी गाउँपालिका कोरोना संक्रमणको अनुगमन गरेर फर्केका बगाले त्यहाँ गैरे किन त्यहाँ पुगेको भन्ने बारे अहिले सम्म खुलेको छैन ।

तर बगालेलाई गैरेले सरकारी गाडी दुरुपयोगको आरोप लगाएपछि विवाद उत्कर्षमा पुगी कुटाकुटको अवस्था निम्तिएको बताइएको छ । –रातोपााटी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ