कोरोनाका कारण अमेरिकामा एकैदिन २ हजार बढीको मृत्यु, २९ हजार नाघे संक्रमित 

कोरोनाका कारण अमेरिकामा एकैदिन २ हजार बढीको मृत्यु, २९ हजार नाघे संक्रमित 

coronavirus22

एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा २१ सय ७४ को मृत्यु भएको छ ।

यससँगै यहाँ हालसम्म मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ हजार ५ सय ६७ नयाँ संक्रमित भेटिएका छन् ।

हालसम्म अमेरिकाका ६ लाख ७७ हजार ५ सय ७० जना कोरोनाभाइरसद्वारा संक्रमित छन् ।

संक्रमितमध्ये १३ हजार ३ सय ६९ को अवस्था गम्भीर छ भने हालसम्म ५७ हजार ५ सय ८ जना निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो समयमा अमेरिकामा दैनिकजसो २ हजार बढीको मृत्यु हुने गरेको छ ।

यता अमेरिकी राष्ट्रपति ट्रम्पले भने अमेरिकाले कोरोनाभाइरस संक्रमणको चरम बिन्दु पार गरिसकेको बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ