एजेन्सी । कोरोना महामारीबाट विश्वभर संक्रमित हुनेहरुको संख्या २२ लाख नाघेको छ ।
शुक्रबार राती अबेर वल्ड्रोमिटरले जारी गरेको तथ्याँकअनुसार विश्वभर संक्रमित हुनेहरुको संख्या २२ लाख १९ हजार २ सय ६७ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या १ लाख ५२ हजार १०३ पुगेको छ ।
शुक्रबार अमेरिकामा १३ सय २७ जनाको मृत्यु भएको छ । योसहित त्यहाँ मृत्यु हुनेहरुको संख्या ३५ हजार ९ सय ४४ पुगेको छ भने संक्रमितहरुको संख्या ६ लाख ९० हजार ६ सय ३१ पुगेको छ । त्यस्तै इटालीमा एकैदिन ५ सय ७५ जनाको मृत्यु भएको छ ।
योसहित त्यहाँ मृत्यु हुनेको संख्या २२ हजार ७ सय ४५ पुगेको छ भने संक्रमितहरुको संख्या १ लाख ७२ हजार ४ सय ३४ पुगेको छ ।
उता, बेलायतमा एकैदिन ८ सय ४७ जनाको मृत्यु भएपछि त्यहाँ मर्नेहरुको संख्या १४ हजार ५ सय ७६ पुगेको छ । त्यस्तै फ्रान्समा पनि एकैदिन ७ सय ६१ जनाको मृत्यु भएको छ । योसहित त्यहाँ मृत्यु हुनेको संख्या १८ हजार ६ सय ८१ पुगेको छ ।
यता, चीनमा संशोधित तथ्याँकअनुसार मृत्यु हुनेको संख्या ४६ सय ३२ पुगेको छ । शुक्रबार मात्र विश्वभर ६ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ ।
सम्बन्धित खबर
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ
अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण गर्दै, ट्रम्पको आश्वासनपछि टिकटक पुनः सञ्चालन
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
अमेरिकामा टिकटक बन्द
सैफ अली खानलाई चक्कु हान्ने व्यक्ति पक्राउ
गैरकानुनी रूपमा अमेरिका बस्नेलाई ट्रम्पको शासनकाल कठिन हुने संकेत
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी