अध्यादेश फिर्ता गर्न माग गर्दै तनहुँमा नेविसंघको प्रदर्शन (फोटो फिचर)

अध्यादेश फिर्ता गर्न माग गर्दै तनहुँमा नेविसंघको प्रदर्शन (फोटो फिचर)

Nebisangh tanahun ab1

तनहुँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) तनहुँले सरकारले ल्याएका दुई अध्यादेश फिर्ता गर्न माग गर्दै शुक्रबार विरोध प्रदर्शन गरेको छ ।

तनहुँको दमौली, भानुको बाइसजागर लगाएतका स्थानमा विरोध प्रदर्शन गरिएको छ । अध्यादेश खारेज गर्नुपर्ने माग गर्दै नेविसंघ तनहुँले दमौली स्थित मुख्यचोकमा प्लेकार्ड प्रदर्शन गरेको थियो ।

उक्त विरोध प्रर्दशन नेतृत्वमा नेविसंघका पूर्व सह-महामन्त्री लक्ष्मीभक्त खनालले गरेका थिए । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानविनको समेत माग गर्दै उक्त विरोध गरेको नेविसंघ तनहुँले जनाएको छ ।

सरकारको स्वेच्छाचारिता, भ्रष्टाचार र निरंकुश चरित्रविरुद्ध कोभिड-१९ को जोखिमलाई ख्याल गर्दै सामाजिक दुरी कायम गरेर विरोध प्रदर्शन गरिएको पूर्व सह-महामन्त्री खनालले बताए ।

अध्यादेश फिर्ता र स्वास्थ्य सामग्री खरिदमा अनियमितता छानबिनसँगै कोरोनाबाट जोगिन आम नागरिकलाई स्वास्थ्य सामग्री सर्वसुलभ दरमा उपलब्ध गराउन र लकडाउनको मौकामा भइरहेको कालो बजारी तत्काल रोक्न सरकारललाई दबाब दिन प्रदर्शनमा उत्रिनुपरेको उनको भनाइ छ ।

सरकारले माग सम्बोधन नगरे प्रदेश र जिल्ला केन्द्रित आन्दोलनलाई लकडाउनकैबीच निरन्तरता दिने उनले बताए ।


काठमाडौं उपत्यकासहित देशैभर पाँच/पाँचजना जम्मा भएर विरोध प्रदर्शन गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

सरकारले हालै मात्र राजनीतिक दल विभाजन खुकुलो बनाउने र प्रतिपक्षी दलको नेता उपस्थित नहुँदा पनि बैठक बसी निर्णय गरन् सक्ने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको छ ।

कोरोना महामारी रोकथाम गर्नु पर्नेबेलामा देशमा अस्थिरता ल्याउन अधिनायकवादउन्मुख भएर विधेयक ल्याइएकोले विरोध प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।

सरकारले तत्काल तत्काल अध्यादेश फिर्ता नगरे देशैभर आन्दोलनलाई निरन्तरता दिने महामन्त्री भट्टराईले जानकारी ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds