काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच सोमबार राति टेलिफोन कुराकानी भएको छ ।
टेलिफोन कुराकानीमा राष्ट्रपति भण्डारीले सन् २०१९ को अक्टोबरमा चीनका राष्ट्रपतिले गरेको नेपाल भ्रमणको स्मरण गर्दै नेपाल र चीनबीच लामो समयदेखिको निकट सम्बन्ध रहेको बताइन् । त्यस क्रममा चीनका राष्ट्रपति सीले पनि उक्त भ्रमणमा नेपालमा आफूले पाएको स्वागतको स्मरण गर्दै भ्रमणबाट महत्वपूर्ण उपलब्धी हासिल भएको बताए ।
दुई राष्ट्रपतिले कोरोना भाइरसको विश्वब्यापी फैलिएको असर र यससँग लड्न विश्वब्यापी रुपमा भइरहेको प्रयासका बारेमा पनि छलफल गरेका थिए । त्यससँगै दुई राष्ट्रप्रमुखले आआफ्ना सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरेका प्रयासबारे पनि चर्चा गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि चीन सरकारले गरेको प्रयासको उच्च प्रशंसा गर्दै यस क्रममा चीनले विश्वभरका देशलाई कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको सहयोगको पनि सह्राहना गरिन् ।
जवाफमा राष्ट्रपति सीले कोरोना भाइरस रोकथामका लागि नेपालले तत्काल चालेको प्रभावकारी कदमका कारण कोरोना भाइरस फैलिन नपाएको भन्दै चीनको सहयोग रहने बताए ।
राष्ट्रपति भण्डारीले चीन सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको प्रति पनि धन्यवाद दिइन् ।
चीनका राष्ट्रपति सी चिनफिङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि निको भई नियमित कामकाजमा फर्केकामा खुशी व्यक्त गर्दै सुस्वास्थ्यको कामना गरे ।
राष्ट्रपति सीले टेलिफोन गरेकामा राष्ट्रपति भण्डारीप्रति कृतज्ञता व्यक्त गर्दै चीन सरकार र चिनियाँ नागरिक कोरोना भाइरससँग लडिरहेका बेला नेपाल सरकारले दिएको साथप्रति धन्यवाद दिए ।
दुई राष्ट्रप्रमुखले द्विपक्षीय सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा अझै प्रगाढ बनाउन यसअघि दुईदेशबीच उच्च स्तरीय भ्रमणका क्रममा भएका समझदारीको कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको थियो ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु