कोरोनाबाट विश्वभर ३० लाख भन्दाबढी संक्रमित, मृतकको संख्या २ लाख नाघ्यो 

कोरोनाबाट विश्वभर ३० लाख भन्दाबढी संक्रमित, मृतकको संख्या २ लाख नाघ्यो 

caroussel_corona_update

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ३० लाख नाघेको छ ।

अमेरिकाको जोन्स हापकिन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार विश्वभर संक्रमित हुनेहरुको संख्या ३० लाख नाघेको हो ।

भाइरस संक्रमणबाट मृत्यु हुनेको २ लाख ८ हजार पुगेको जनाइएको छ ।

विश्वभरको सबैभन्दा धेरै संक्रमितहरु अमेरिकामा देखिएका छन् ।

अमेरिकामा अहिलेसम्म ९ लाख ९५ हजारभन्दा बढी संक्रमितहरुको पुष्टि भैसकेको छ ।

त्यहाँ मर्नेको संख्या ५६ हजार १ सय ३९ पुगेको छ ।

त्यस्तै युरोपिन मुलुकहरु इटाली, स्पेन, फ्रान्स, बेलायत लगायतका मुलुकहरुमा पनि मृत्यु हुने र संक्रमितहरुको संख्या अत्याधिक रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ