परासी । मस्जिद–मदरसा जिल्लास्तरीय अनुगमन समितिले पश्चिम नवलपरासीको विभिन्न मस्जिद मदरसाहरुको अनुगमन गरेको छ । मुस्लिम आयोगले नवलपरासीका मस्जिद र मदरसाहरु अनुगमन गर्न भेष बहादुर खरेलको संयोजकत्वमा गठन गरेको जिल्लास्तरीय अनुगमन समितिले पहिलो दिन जिल्लाको पाल्हीनन्दन गाउँपालिका पर्ने १४ वटा मस्जिद मदरसाहरुको अनुगम गरेको हो ।
अनुगमन गर्दा मस्जिद र मदरसाहरुमा तबलिगी जमात वा कोही पनि अपरिचित व्यक्तिहरु लुकेर बसेका छन् कि छैनन्, मुस्लिम समुदायले सामाजिक दुरी कायम गरे–नगरेको र लकडाउनको पालना गरे–नगरको पनि निगरानी गरिएको समिति संयोजक भेषबहादुर खरेलले जानकारी दिए ।
कोरोनाभाइरसको संक्रमण नेपालमा पनि फैलिदै जाँदा मस्जिद मदरसाहरुमा तबलिगी जमातहरु लुकेर बस्ने र उनीहरुबाट समुदाय समेतमा संक्रमण फैलिएको खरबहरु बाहिर आउन थालेपछि मुस्लिम आयोगले देशभरिकै मस्जिद मदरसाहरु अनुगमन गर्ने र लुकेर बस्ने तबलिगी जमात वा अपरिचित व्यक्तिहरुलाई स्थानीय प्रशासनको समन्वयमा क्वारेन्टाइनमा पठाउने उद्देश्य अनुरुप यस जिल्लामा अनुगमन भैरहेको बताइएको छ । मदरसाहरुमा पठन पाठन गराउने भारतीय मौलाना विद्यार्थीहरु लकडाउन भएदेखि नै घर फर्किसकेको र हाल मदरसाहरु पनि बन्द रहेको पाइएको छ । समितिले जिल्ला प्रशासन कार्यालय र स्थानिय तहहरुको रोहबरमा मस्जिद मदरसाहरुको अनुगमन गरिरहेको जनाएको छ ।
पहिलो दिन समितिले जिल्लाको पाल्हीनन्दन गाउँपालिकाको बेलासपुर, कुश्मा, हरपुर, सुनरी, रमपुरवाँ, लोहरौली, भगतपुरवाँ, गेरमी, चमनटोला र पडरि लगायतका मस्जिद मदरसाहरुको अनुगमन गरेको छ ।
अनुगमन गर्दा ती मस्जिद, मदरसाहरुमा कुनै पनि व्यक्ति लुकेर नबसेको र लकडाउन भएदेखि मदरसाहरु पुर्ण रुपले बन्द गरिएको र यस पवित्र रमजान महिनामा मस्जिदहरुमा सामुहिक नमाज नपढन आग्रह, लकडाउनको पुर्ण पाल्ना गर्न समितिले आग्रह समेत गरेको छ ।
जिल्लामा करिब ५० वटा मदरसा र ५५ वटा मस्जिदहरु छन् । समितिले पालैपालो ति सबै मस्जिद र मदरसाहरुको अनुगमन गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
बालेन नेतृत्वको रास्वपा सरकार लक्षित देउवाको आक्रोश : राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छ यहाँ ?
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
रोल्पामा पहिरोले बस्ती नै बग्यो, पुरिएकामध्ये १० जनाको शव भेटियो, ३ जना अझै बेपत्ता
सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
सरकारप्रति जनताको विश्वास टुट्दै गएको छ: कांग्रेस
प्रदेशमा पालैपालो प्राथमिकता दिनेगरी मन्त्रालय बाँडफाँट गर्न ओली र प्रचण्डको निर्देशन
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ