आगलागीमा परेर छोरा गुमाएको ९ दिनपछि बागलुङका घाइते वडाध्यक्षको ह्रदयघातबाट मृत्यु

आगलागीमा परेर छोरा गुमाएको ९ दिनपछि बागलुङका घाइते वडाध्यक्षको ह्रदयघातबाट मृत्यु

gulmi-aago-pasal-f

बागलुङ । आगलागीमा परेर घाइते भएका बाग्लुङको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण खनालको उपचारको क्रममा बुधबार मृत्यु भएको छ ।

घर आगलागीमा परेर छोरा गुमाएका एक वडाध्यक्षको बुधबार हृदयघात भएर मृत्यु भएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर स्थित घरमा बैशाख ८ गते लागेको आगलागीमा परेर ज्यान गुमाएका १७ वर्षीय समिर खनालका बाबु पूर्णबहादुर खनालको हृदयघातबाट मृत्यु भएको हो । आगलागी हुँदा पसल सञ्चालक समेत रहेका ४५ वर्षीय खनाल घइते भएका थिए ।

बुधबार नवौं दिनमा किर्तपुरको सामुदायिक अस्पतालमा उपचार गराइरहेका बाग्लुङ्ग वरेङ्ग गाउँपालिका–३ का वडाध्यक्ष खनालको ह्रदयघातबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।

४७ वर्षीय खनालको शान्तिपुरमा रहेको घर संगैको खनाल स्टोर्स पसलमा आगलागी हुँदा साढे दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले जानकारी दिए ।

खनालकी श्रीमती रुपा खनाल पनि सोही अस्पतालमा उपचार गराइरहेकी छन् । वडाध्यक्ष खनालको निधन प्रति परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन वरालले दुख ब्यक्त गरेका छन् ।

मन्त्री ज्ञवाली घाईते खनाल दम्पत्तीलाई भेट्न अस्पताल पुगेका थिए । उनी तत्कालीन नेकपा एमालेबाट विजयी वडाध्यक्ष हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ