गोरखाको रातडाँडामा चितुवाका दुई डमरु फेला, ओडारमै लगेर छोडियो

गोरखाको रातडाँडामा चितुवाका दुई डमरु फेला, ओडारमै लगेर छोडियो

Damaru

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ रातडाँडामा भेटिएको दुई वटा डमरु (चितुवाको बच्चा) को उद्धार गरिएको छ ।

करिव दुई महिनाका ती डमरुलाई डिभिजन वन कार्यालयले बिहीबार उद्धार गरेको हो ।

‘बारीमा जाने क्रममा रातडाँडाको ढड्यानमा चितुवा कराएको जस्तो आवाज सुनेपछि एक स्थानीयले गाउँलेलाई खवर गरेछन्,’ डिभिजनल वन अधिकृत तोयानाथ पौड्यालले भने, ‘सबै मिलेर डमरुलाई ओडारबाट झिकेर खेतमा ल्याएछन् अनि हामीलाई खबर गरे ।’

खबर पाएसँगै पौड्याल नेतृत्वको टोली उक्त स्थानमा पुगेको थियो । ‘करिब दुई महिनाका भाले र पोथी बच्चाहरु रहेछन्, हामीले उनीहरुको बसस्थान रहेको ढड्यानको ओडारमै लगेर छाडिदियौ,’ पौड्यालले भने ।

स्थानीयका अनुसार उक्त ढड्यान वस्तीदेखि करिव एक सय मिटर पर छ । ढड्यान नजिकै स्थानीयले मकै खेतीसमेत गरेका छन् । बारीमा काम गर्न जादै गर्दा चितुवाको बच्चा फेला परेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ