काठमाडौं । सरकारले कोरोनाको आर्थिक प्रभाव न्यूनीकरण गर्न थप आर्थिक प्याकेज ल्याएको छ ।
यस अघि व्यवसायीक कर्जामा दुई प्रतिशतको ब्याज छुटसहित कर्जा भूक्तानीको समयावधी लम्ब्याउँदै राहत प्याकेज ल्याएको सरकारले पछिल्लो समय व्यवसायीक करको तिर्ने समय थप गरेको छ ।
यस अघि अर्थमन्त्रालयले मन्त्रिपरिषदलाई कर तिर्ने समय थप गर्न प्रस्ताव गरेकोमा विहिबार मन्त्रिपरिसदले उक्त प्रस्ताव सदर गर्दै कर तिर्ने समय थप गरेको हो ।
मन्त्रीपरिसदको निर्णयले मूल्य अभिबृद्धिकर फागुन र चैत महिनाको मासिक, माघ फागुनको व्दिमासिक, र दोस्रो चैत्र मासिकको कर दाखिला जेठ २५ गतेसम्म गर्न सकिने व्यवस्था गरेकोे छ ।
यस्तै कर फिर्ताको निवेदन दिने अवधि समाप्त भएमा जेठ २५ गतेसम्म त्यस्तो निवेदन दिन सकिने व्यवस्था समेत मन्त्रिपरिषदले गरेको छ ।
यसमा फागुन चैत महिनाको अग्रिम करकट्टी र अग्रिम कर असुलीको विबरण बुझाउने समय पनि जेठ २५ गतेसम्मलाई तोकिएको छ ।
यस अघिको निर्णयले बैशाख २५ गतेसम्म कर तिर्ने समय थप गरेको थियो । सोही मितिसम्म लकडाउन थपिएपछि समय थप गर्न प्रस्ताव गरिएको थियोे । सोही प्रस्ताव माथि छलफल गर्दै मनित्रपरिषदले कर तिर्ने अवधी जेठ २५ गते सम्म थप्न सकिने निर्णय गरेको हो ।
उक्त निर्णयसँगै मन्त्रीपरिसदले चालु आर्थिक वर्षको संसोधित अनुमानित कर विवरण र दोस्रो किस्ता बापतको रकम जेठ मसान्तसम्म दाखिला गर्न सकिने व्यवस्थाको समेत निर्णय गरेको छ ।
यता कर अधिकृतले निर्धारण गरेको अन्तशुल्कमा चित्त नबुझेको अवस्थामा भने प्रशासकीय पुनराबलोकनको निवेदन लकडाउन खुला भएको मितिले १५ दिन भित्र दिन सकिने व्यवस्था गरेको छ ।
सम्बन्धित खबर
अब अबुधाबीबाट पनि श्रम स्वीकृति हुने
बर्दघाटस्थित डान्सबारमा कुटाकुट हुँदा एक जनाको मृत्यु
आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा पर्यटकीय स्थल आलिताल अवलोकन भ्रमण
आजको मौसम पूर्वानुमान
कक्षा १२ को परीक्षा आउँदो वैशाख ११ गतेदेखि (तालिकासहित)
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति