भारत । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक हजार १४७ पुगेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७३ जनाको मृत्यु भएको हो ।
कोरोना भाइरसबाट संक्रमितको संख्या पनि ३५ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका एक हजार नौ ९९३ नयाँ संक्रमित फेला परेका छन् ।
यससँगै समग्र संक्रमितको संख्या ३५ हजार ४३ पुगेको छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १० हजार पाँच सय संक्रमित भइसकेका छन् भने ४५९ पुगेको छ ।
त्यस्तै गुजरातमा चार हजार ३०० भन्दा बढी संक्रमित फेला परिसकेका छन् भने २१४ जनाको मृत्यु भइसकेको छ ।
मध्य प्रदेशमा पनि दुई हजार ६०० भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिँदा १३७ जनाको मृत्यु भइसकेको छ ।
उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार २०३ जनामा संक्रमण देखिँदा ३९ जनाको मृत्यु भइसकेको छ ।
पश्चिम बंगालमा पनि सात सय ९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भइसकेको छ ।
बिहारमा अहिलेसम्म ४१८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने दुईजनाको मृत्यु भएको छ ।
अहिलेसम्म भारतमा आठ हजार ८८९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
सम्बन्धित खबर
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
दिल्लीमा भाजपाको बहुमत, केजरीवालले पनि हारे चुनाव
अमेरिकामा १० यात्रु बोकेको विमान बेपत्ता, दुर्घटनाको आशंका
स्वीडेनको एक क्याम्पसमा गोली चल्दा १० जनाको मृत्यु
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु
साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको मृत्यु
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति