लकडाउनमा धेरै रक्सी पिउनेहरुको स्वास्थ्यमा आउन सक्छ संकट

लकडाउनमा धेरै रक्सी पिउनेहरुको स्वास्थ्यमा आउन सक्छ संकट

Alcohol

एजेन्सी । कोरोना भाइरसको महामारीको संकटबाट बच्न आह्वान गरिएको लकडाउनको समयमा मद्यपानको सेवन बढिरहेको छ ।

तर, चिकित्सकहरुले यस्तो अवस्थामा अत्यधिक रक्सी सेवन गर्दा स्वास्थ्यमा संकट पैदा हुने बताएका छन् ।

पोर्टस्माउथ विश्वविद्यालयका अनुसन्धानकर्ताले लकडाउनको सयममा मद्यपान सेवन गर्ने बानी हुनेहरुको स्वास्थ्यमा पर्ने नराम्रो असरको बारेमा अनुसन्धान गरेका छन् ।

समाचारमा जारी गरिएको एक रिपोर्टका अनुसार २९१ प्रतिशत मादक पदार्थको बिक्री बढिरहेको छ ।

अनुसन्धानकर्ताका अनुसार आइसोलेसनमा बसेको समयमा अत्यधिक मद्यपान सेवन स्वास्थ्यमा संकट बढिरहेको छ ।

डाक्टर म्याट पार्कले यस समयमा थोरै रक्सी पिउनेहरुले पनि अत्यधिक रक्सी सेवन गर्न सुरु गर्छन् ।

जसले मादक पदार्थ सेवन गर्न छोडेका थिए ति व्यक्तिहरुले पनि फेरि पिउन सुरु गर्ने गरेका छन् ।

यसले अर्को स्वास्थ्य संकट पैदा गर्छ ।

कोरोना भाइरसको महामारीको समयमा घरमा रहनको लागि बाध्य भएका छन् । डाक्टर पार्किरले लामो समयसम्म मादक पदार्थ सेवन गर्ने बानीका कारण मृत्युदर बढिरहेको छ ।

रक्सीको प्रयोगले विश्वभरी मृत्यु हुनेको संख्या ३ मिलियन छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ