भारतमा फेरि थप २ हप्ता लकडाउन लम्ब्याउने निर्णय

भारतमा फेरि थप २ हप्ता लकडाउन लम्ब्याउने निर्णय

Lockdown India

भारत । छिमेकी मुलुक भारतमा लकडाउनको समयावधि फेरि थप दुई हप्ता लम्ब्याउने निर्णय गरिएको छ ।

भारत सरकारले यसअघि लागू गरेको लकडाउनको समय वैशाख २१ गते सकिन लागेकोमा फेरि दुई साता बढाएर जेठ ४ गतेसम्म कायम गरिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।

लकडाउनबारे निर्णय लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार उच्चस्तरीय बैठक बोलाएका थिए ।

करिब साढे २ घण्टा चलेको बैठकमा गृहमन्त्री अमित शाह, वित्तमन्त्री निर्मला सीतारमण, रेलमन्त्री पीयूष गोयललगायतका अधिकारी बैठकमा सहभागी थिए ।

भारतमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ३५ हजार ८९ पुगेको छ भने शुक्रबार आन्ध्र प्रदेशमा ६०, राजस्थानमा ५८, पश्चिम बंगालमा ३७, बिहारमा २५, कर्नाटकमा ११, हरियाणामा ८, ओडियामा ५ जना नयाँ सक्रमित फेला परेका छन् ।

हालसम्म भारतमा कोरोनाबाट ११४८ जनाको मृत्यु भइसकेको छ ।

संक्रमणको अवस्था हेरेर जोन छुट्टाइने

यसैबीच भारतले थप गरेको लकडाउनको अवधिमा विभिन्न ठाउँलाई संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र ओरेन्ज जोनमा छुट्याउने भएको छ ।

ग्रीन जोनमा परेका ठाउँमा लकडाउन केही खुकुलो बनाइने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ