पोखरा नागढुङ्गा स्थित विशेष फर्निचरमा आगलागी, करोड बढी क्षति

पोखरा नागढुङ्गा स्थित विशेष फर्निचरमा आगलागी, करोड बढी क्षति

Aaglagi nagdhunga

पोखरा स्थित एक फर्निचर उद्योगमा शनिबार आगलागी भएको छ । पोखरा महानगरपालिका ९ नागढुङ्गास्थित विशेष फर्निचर उद्योगमा आगलागी हुँदा करोडौं बराबरको धनमालको क्षति भएको छ । आगलागीबाट फर्निचरका धेरैजसो सामग्री जलेर नष्ट भएका छन् ।

साढे ११ बजेदेखि लागेको आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत स्थानीय एक घण्टा बढी खटिएका थिए । सबैको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट भौतिक क्षति भए पनि कुनै मानवीय क्षति भने भएको छैन । आगलागी भएको ठाउँमा जानका लागि बाटो सानो भएका कारण दमकल जान नसकेपछि पछाडिको भागबाट बोरिङ्गको ट्यांकरको सहायताले आगलागी नियन्त्रणमा लिइएको हो । नजिकका भैंसी पालन फार्ममा पनि असर पर्दा भैंसीलाई बारीमा बाँध्न परेको थियो ।

व्यवसायीहरु दुर्गा प्रसाद भट्टराई र बिकास क्षेत्रीले डेढ वर्षअघि सो फर्निचर सञ्चालनमा ल्याएका थिए । आगलागीका कारण झण्डै करोड बढीको क्षति भएको संचालक भट्टराईले दुःखेसो पोखे ।

लकडाउनको समय भएकाले फर्निचरमा कामदार थिएनन् । विद्युत सर्ट भएको अनुमान गरिएको छ । स्थानीयले पनि पड्किएको आवाज आएको बताएका छन् । इन्भर्टर पड्केको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ