रातारात पक्की डिभाइडर भत्काएको शुलभ स्टोर्स जनदबाबले झुक्यो, आफै बनाइदिँदै

रातारात पक्की डिभाइडर भत्काएको शुलभ स्टोर्स जनदबाबले झुक्यो, आफै बनाइदिँदै

sulav sahakari

लेकसाइडका चिनिएका ब्यापारी, राजनीतिज्ञ लगायतको लगानी रहेको शुलभ सहकारीले सञ्चालन गरेको शुलभ डिपार्टमेन्टल स्टोर्सले आफूखुशी सार्वजनिक सम्पतिमाथि रातारात आक्रमण ग¥यो । नारेश्वर, पोखरा–६ अगाडि (जिरो किमिदेखि हल्लनचोक जाने) मेन रोडमा रहेको सडक डिभाइडर शुलभ सहकारीले रातारात भत्काएकोमा चर्को जनदबाबपछि आफै बनाइदिन सुरु गरेको छ ।

लकडाउनको मौका छोपेर मूल सडकमा रहेको व्यवस्थित डिभाइडर भत्काएर सिधै पसल जाने पास वे बनाएपछि स्थानीयले चर्को बिरोध गरेका थिए भने सामाजिक सञ्जालमा पनि व्यापक आलोचना भइरहेको छ ।

भत्काएको ठाउँभन्दा केही तल सडक बिभागले नै यु टर्नको लागि डिभाइडर खुल्ला छाडेको छ । तर, सुपरमार्केटले आफ्नो पसल अगाडि बाट सिधै बाटो काट्न मिल्ने गरि डिभाइडर भत्काएको थियो । स्थानियको बिरोध पश्चात् भत्काउने काम बन्द भएको थियो ।

पोखरा महानगरपालिकाले पर्यटकीय नगरीलाई सुन्दर, मनोरम र ट्राफिक व्यवस्थापन गर्ने धेयका साथ लाखौं खर्चेर साँघुरो गार्डेनसहितको पक्की डिभाइडर बनाएको छ । पोखरा वडा नं. ६ का अध्यक्ष जगत पहारीले निवेदन आएको तर आधिकारिक निर्णय नभएको बताएपनि मौखिक सहमति दिएको कुरा सार्वजनिक भएको छ । यसमा वडा नं. ६का जनप्रतिनिधिकै गम्भिर लापरबाही देखिएको छ । डिभाइडर निर्माण कार्यमा वडाका सदस्य समेतको प्रत्यक्ष मिलेमतो रहेको बुझिन्छ ।

स्थानियले विरोध गरेपछि अहिले पुनर्निमाण थालेको छ । पहिले व्यवहारिकताका आधारमा ठीकै छ भन्ने मनशायमा रहेका वडा सदस्य हरिकृष्ण पहारी चर्को विरोध भएपछि आफै उपस्थित भएर २ दिनमै जस्ताको तस्तै बनाउने गरी लागिपरेका छन् ।

सुलभ डिपार्टमेन्ट स्टोर्सका म्यानेजर दयाल गिरीले वडालाई जानकारी दिएर नै डिभाईडर भत्काएको उल्लेख गरेका छन् । गाडी घुमाउन अफठेरो भएर भत्काएको तर विरोध आएपछि फेरि बनाउन लागेको उनले सुनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ