पोखरामा मजदुरको हत्या, सँगै काम गर्ने भतिज फरार [भिडियो रिपोर्ट]

पोखरामा मजदुरको हत्या, सँगै काम गर्ने भतिज फरार [भिडियो रिपोर्ट]

majuwa majdur

पोखरा । पोखरामा गएराति एक मजदुरको हत्या भएको छ । शनिबार राति पोखरा महानगरपालिका– २० बिसाउनास्थित मजुवामा मजदुरको हत्या भएको हो । ओखलढुंगाको सुनकोशी गाउँपालिका–५ मुलखर्क घर भई पोखरामा ज्याला मजदुरीको काम गर्ने अन्दाजी ५५ वर्षका टंकबहादुर तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

करीब एक महिनादेखि स्थानीय बाटोमा काम गर्दै आएका उनलाई सँगै काम गर्ने भतिज इन्द्र तामाङ्ग लामाले हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । इन्द्र बिहानदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरी घटनास्थलमा पुगेर घटनास्थल प्रकृति मुचुल्का गरी शब पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको  छ । शवको टाउकोमा चोट देखिएको छ । शरीरभरि रगतका टाटा छन् । मृतक तामाङको टाउकोमा गहिरो चोट लागेको र आँखा समेत फुटेको बताईएको छ । प्रहरीले फरार भएका तामाङको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ