काठमाडौं । ठूला होटलहरु ६ महिना बन्द हुने भएका छन् । होटल संघ नेपालले वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिना होटल बन्द गर्ने निर्णय गरको हो ।
आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हो । र, यसमा अलफ्ट, र्याडिसन, अन्नपूर्ण लगायतका होटलका मालिकहरुको पनि सहमति छ ।
गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले होटलमा कार्यरत मजदुरको लकडाउन अवधिभरिको तलबमध्ये ५० प्रतिशत रकम तुरुन्तै भुक्तानी गर्नुपर्ने र बाँकी ५० प्रतिशत लागि बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिन सक्ने निर्णय गरेको थियो । सो निर्णय सार्वजनिक भएको दोस्रो दिनमै व्यवसायीहरुले होटल बन्द गर्ने निर्णय गरेका हुन् ।
संघले कर्मचारीलाई ६ महिनासमम्म आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने निर्णय गरेको छ ।
कर्मचारीले त्यस्तो तलब लिन नमाने जागिरबाट हटाउने निर्णय पनि भएको संघका एक सदस्यले जानकारी दिए । संघले आफ्नो निर्णयमा असहमत हुने कर्मचारीलाई श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कटौतिको प्रक्रिया थाल्दै सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णय गरेको छ ।
सहमतिअनुसार असोजसम्म कर्मचारीलाई आधारभूत तलबको १२.५ प्रतिशत दिइनेछ । सेवा शुल्क उपलब्ध गराउने होटलले सेवा शुल्क मौज्दातबाट प्रत्येक महिना उपलब्ध गराउनेछन् । आधारभूत तलबको १२.५ प्रतिशत तलब लिन नमान्नेलाई जागिरबाट निकाल्ने सहमतिमा उल्लेख छ ।
साथै आधारभूत तलबको १२.५ प्रतिशतमा सरकारले थप गरी तलब भुक्तान गर्न जब रिजेन्सन फण्डको व्यवस्था गर्न होटल संघ र टे्रेड युनियनले सरकारसँग पहल गर्ने लगागतका विषय पनि सहमतिमा छन् ।
सम्बन्धित खबर
गृह मन्त्रालयमा गरिमाका आमाबुबाको भिडियो खिचिएको रास्वपा महामन्त्रीकै आपत्ति
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
किस्तीमा राखेर आएको प्रधानमन्त्री पद त्याग गरेको व्यक्ति हुँ: रवि लामिछाने
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न: ‘वास्तविक उद्देश्य के हो ?’
प्रधानमन्त्री बालेन मुस्ताङ पुगे
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित