किरण श्रेष्ठ, तनहुँ । जिल्ला प्रशासन कार्यालय, तनहुँले बाहिरी जिल्ला जान सवारी पास नदिने निर्णय गरेको छ ।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले जारी गरेको बन्दाबन्दि (लकडाउन) लाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए । अत्यावश्यक बाहेकका सवारी अब देखि पूर्ण बन्द गर्ने प्रजिअ अधिकारीले बताए ।
‘एउटा कामका लागि भनेर लगेको पास अर्कै काममा पटक-पटक दुरुपयोग हुन थालेको देखियो ।’ प्रजिअ अधिकारीले भने ‘अत्यावश्यक बाहेक अरुलाई अब पास जारी हुँदैन ।’
यसअघि, तनहुँ जिल्ला बाहिर जान समेत प्रशासनले सवारी पास जारी गर्दै आएको थियो । तर देशका विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मंगलबार उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताए ।
सुरक्षा समिति र कमाण्ड पोस्टको मंगलबार बसेको बैठकले लकडाउनको अवस्था र क्वारेन्टाइनमा बसेका व्यक्तिको सुविधाबारे छलफल गरेको प्रजिअ अधिकारी जानकारीले दिए ।

अहिले भूपू सेनाको पेन्सन लिन आउने मानिसहरुका कारण बैंकमा भिडभाड देखिएको प्रजिअ अधिकारी बताउँछन् । उक्त समस्याको समाधानका गर्न बैंकलाई सामाजिक दुरी कायम गर्न अनुरोध गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।
केहि समय अघि जिल्ला प्रशासन कार्यालयले मस्जिदहरु समेत अनुगमन गरेको थियो तर त्यहाँ बाहिरबाट आएको मानिस फेला नपरेको प्रजिअ अधिकारीले जानकारी दिए ।
३८ जना क्वारेन्टाइनमा
अहिलेसम्म जिल्लामा ८ सय ६२ जना विदेशबाट आएका छन् । जसमध्य ५ सय ९४ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कॊरोना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
जिल्लाका विभिन्न स्थानिय तहमा गरी कुल ३८ जना क्वारेन्टाइन रहेका छन् । क्वारेन्टाइनमा रहेका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख अधिकारीले जानकारी दिए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?