लकडाउन जेठको ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

लकडाउन जेठको ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

received_1138191776573682

काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ ।

लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज पनि उठिरहेको छ ।

मंगलबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा त्यसमा सहमत नदेखिएको समितिका एक सदस्यले बताए । उनले अहिले नै क्षेत्र छुट्याएर जान सकिन्छ र भन्ने प्रश्न गरेका थिए ।

‘त्यसमा उहाँको दुईवटा तर्क थियो’ एक मन्त्रीले भने, ‘एउटा भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको छ ।

त्यसको असर नेपालमा पनि पर्छ नै । अर्को, हाम्रो टेस्ट पनि पुगेको छैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ